सेकाहाको राडीपाखी
भेंडा पालन गुरुङ जातिको पुख्र्यौली पेशा हो । संखुवासभाका गुरुङहरूले पनि भेंडा पाल्दै आएका छन् । पहिले-पहिले गुरुङहरूले हिमाली क्षेत्रका आदिवासी समुदायसँग भेंडा चराउन खर्क किनेको पनि पाइन्छ । तर सरकारले सामुदायिक वनको नीति ल्याएसँगै गुरुङहरूले खर्क गुमाए । त्यसैले धेरै गुरुङहरू भेंडा पालनबाट विस्थापित भइसकेका छन् । भेंडा पशुपालनमा निकै लाभ दिनसक्ने घरपालुवा जनावर हो । भेंडाको पाठो टन्न घाँस खान पायो भने छ महिनामै २० किलोभन्दा बढी तौलको हुन्छ भने माउले वर्षमा दुईपटकसम्म बच्चा जन्माउँछ । त्यस्तै भेंडाको ऊन पनि वर्षमा दुईपटक कात्न मिल्छ ।
राडी भेंडाको ऊनबाट बनाइन्छ । राडी बनाउन सबैभन्दा पहिले रअनुसारको ऊन छुट्याउनुपर्छ । भेडाहरू बढीजसो कालो, सेतो र खैरो रङ्का हुन्छन्। रमनुसार छुट्याइएको उनलाई खोलामा हुन्छन्। रभनुसार छुट्याइएको उनलाई टोकरी) मा राखेर धुनुपर्छ । सफा बनाएर ल्याइएको ऊनलाई सुकाइसकेपछि त्यसलाई फकारेर खुकुलो बनाउनुपर्छ । र, कपासजस्तै बनाइएको उनलाई रौटा (चर्चा) मा राखेर धागोजस्तै बनाएर डल्लो पारिन्छ। त्यसरी उनको डल्लो बनाइसकेपछि राडी बनाउन तान लगाउनुपर्छ । कतिपाटे (पाटोको संख्या) राड़ी बनाउने हो, तान त्यहीअनुसार लगाइन्छ । र बुट्टा तथा बनोट ग्राहकको रोजाइ तथा ऊनको उपलब्धता अनुसार बनाइन्छ । बनोटको आधारमा राडी दुईखाले हुन्छ, चित्रे र मान्द्रे । चित्रे पातलो हुन्छ भने मान्छे बाक्लो हुन्छ। त्यसैले मूल्य पनि त्यहीअनुसार तोकिएको हुन्छ । खाँदबारी, चैनपुर, दिङ्ला (भोजपुर) जस्ता बजारहरूमा साप्ताहिक तथा बेला मौकामा लाग्ने हाट बजार नै राडीपाखी बिक्री गरिने मुख्य घलो हो । अहिले एउटा दुईपाटे राडी (साढे पाँच फिट लामो र करिब चार फिट चौडा) को मूल्य दुई हजारदेखि तीन हजारको हाराहारीमा पर्छ ।
खाँदबारीका नेवारलगायत शहर बजारमा बसोबास गर्दै आएका अन्य जातिका मानिसहरू, सरकारी कर्मचारीहरू राडीपाखीका मुख्य ग्राहक हुन् । हुन त संखुवासभाको आला, मत्स्यपोखरी, नुम, बाक्सिदा, माङ्सिमातिरका गुरुङले पनि राडी बुन्ने गरेका छन् । तर सेकाहाका केही महिलाहरूले भने राडीपाखी बुन्ने कामलाई व्यवसायिक रूपमै अँगाल्दै आएका छन्। सेकाहाबाट सदरमुकाम खाँदबारी नजिकै भएकाले पनि सेकाहाली गुरुङ महिलाहरूलाई राडीपाखी बेच्न सहज भएको छ। केही वर्ष अगाडिसम्म संखुवासभाका गुरुङहरूले कसैलाई उपहार दिनुपर्यो भने राडी दिन्थे। अहिले गलैचाहरूले राडीको स्थान लिन थाले पनि राडीको महत्व पटेको छैन। राडीको बुट्टा, बनोट आदिमा विविधता ल्याउन सकिए संखुवासभाको राडीपाखी पनि संखुवासभाको निर्यातजन्य वस्तु बन्नसक्ने देखिन्छ ।
Photo: Bipin Shrestha