खाँदबारी नगपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक प्राकृतिक तथा सांस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिम क्रमश: गएको छ ।
खाँदबारी नगरपालिका समुन्द्री सतहबाट २७८ मिटर (अरुण नदी र सभा खोलाको दोभान) देखि मिटर छियाङकुट्टी डाँडा) को उचाईमा रहेकोछ । भौगोगिक अवस्थितिका हिसाबले न.पा २७ ६५१६ मिनेट १४ सेकेन्ड देखि २७ डिग्री २७ मिनेट ४४ सेकेन्ड उत्तरी अक्षांश र ८७ डिग्री १४ २७ सेकेन्ड देखि ८७ डिग्री ७ मिनेट २६ सेकेन्ड पुर्वी देशान्तर सम्म फैलिएको छ । यस को पश्चिममा भोजपुर जिल्लाको षडानन्द नगरपालिका, उत्तरमा संखुवासभा जिल्लाको चिचिला गाउँपालिका र सिलिचोङ्ग गाउँपालिका, पूर्वमा सभापोखरी गाँउपालिका, पाँचखपन पालिका र चैनपुर नगरपालिका, दक्षिणमा चैनपुर नगरपालिका र भोजपुर जिल्लाको सिमाना छ न पा को कूल क्षेत्रफल १२२.७८ वर्ग कि.मि. छ । साविकका खाँदबारी न.पा. को १३ वडा – सित्तलपापाटी गा.वि.स.को ९ वडाहरुलाई पुर्नरसंरचना गरी खाँदबारी नगरपालिका गठन गरिएकोहो।
खाँदबारी नगपालिका
Khandbari Municipality