संखुवासभामा भ्याड्ये सिस्नो’ भनेर चिनिने वनस्पतिबाट बनाइन्छ अल्लो जानकार हरूका अनुसार एक सयं तीन प्रकारका सिस्नो हुन्छन् । जसमध्ये भ्याइये एक हो। करिब सात फिटसम्म अस्तो हुने भ्याइये सिस्नोको बोक्राबाट निकालिएको धायो (अल्लो) बाट विभिन्न कपडावन्य सामान बनाउने कार्य बाला, सिसुवा, ताम्कु, भाइतेवा र याफूका विशेषगरी कुतुरु उपबरका राईहरुले परम्परादेखि नै गर्दै आएका छन् । पहिले-पहिले बोराजस्तो सामान मात्र बनाईदै आएपनि पछिल्लो समयमा अल्लोबाट सत्, कोट, झोला, पर्स, चप्पल, किचनम्याटजस्ता सामाग्रीहरू बनाइन्छ । सुमद्री सतहबाट एक हजार दुई सय मिटरभन्दा उच्च भू-भागहरुमा मात्र पाइने भ्याट्ये सिस्नोको कलिलो मुन्टा र फूल खान पनि मिल्छ। अल्लोका लागि भ्याइये सिस्नोको बोट कात्तिक दोस्रो सातापछि काट्न मिल्छ । त्यतिबेलासम्ममा यसको बीऊ परिपक्क भएर भूईमा खस्न थाल्छ। अति उच्च स्थानमा भने छिप्पिन मास्सिर ऑन्तम वा पुससम्मै कुर्नुपर्छ । जमिनबाट बरिज इन्च भाग छाडेर काटिएको बोटलाई सुकाण बोक्रा निकालेपछि त्यसलाई भण्डारण गरिन्छ । तत्कालका लागि आफूलाई कति धागो चाहिने हो, आवश्यकताअनुसार निकालेर २४ घन्टा पानीमा भिजाइन्छ । त्यसपछि करिब दीन घन्टासम्म खरानीपानीमा पकाउनुपर्छ । त्यसरी पकाइएको अल्लोलाई खोलामा लगेर पोइन्छ। पुनः सुकाइएको आन्लोलाई कमेरो माटोको घोलमा मिसाइन्छ। सुकेको कमेरो माटोलाई पीठीजस्तो बनाइसकेपछि चालेर बालुवा रगरहित बन मात्र त्यस्तो बोल अनाइन्छ। कमेरो माटोसँग पोलिएको अल्लोलाई मुख्झाले पिट्दै मिहीन बनाइन्छ। बामेरा माटोरी मिलाउँदा अल्लो भरम हुन्छ। पिटेर उनले बनाइएको अल्तो चाहि धागी बनाउन उपयुत हुन्छ।
अहिले धागो बाल पनि उपलब्ध छन्। का अर्थ पनि गाउँमा पासाजरी बनाइएको काठको बीचमा प्वाल पास सुरी हिराइएको बटुवा ने बड़ी चल्तीमा छ। बाटोमा हिंड्दै गर्दा बाई मार्ने आराम गरेको बेला होस् या गोठालो जाँदा जतिबेला पनि प्रयोग गर्न सकिने भएकाले पनि बटुवा ने लोकप्रिय छ।
कुलुङ जातिले परम्पराबाटै अल्लोको कपडा तथा सामान उत्पादन गर्दै आए पनि यसलाई परिमार्जन गर्दै व्यवासायिक बनाउन भने इको हिमाल, मकालु वरुण राष्ट्रिय निकुन्जलगायतले सहयोग गरेको र गर्दै आएका छन् । हुन त काठमाडौंमा रुकुम, रोल्पा, म्याग्दी, सोलुखुम्बुतिरका अल्लोको उत्पादन बढी आउँछ तर पनि सबैभन्दा गुणस्तरिय चाहि संखुवासभाकै रहेको बताइन्छ ।
अहिले सदरमुकाम खाँदबारीमा कोपिला अल्लो, ऊनी तथा सुती कपडा पसललगायत अल्लोको उत्पादनसँग सम्बन्धित करिब आधा दर्जन घरेलु उद्योगहरू छन् । बाला, सिसुवा, ताम्कु माइतेवा र बाफूका दर्जनीले सामान्य रोजगारीसमेत पाएका छन् । तर अल्लो उद्योगमा पनि थुप्रै समस्या छन्। सबैभन्दा पहिले त अल्लो उत्पादनमै समस्या आउने देखिएको छ। अल्लो पाइने वनजंगलमा अलैची खेती फस्टाउँदो छ। अल्लो उत्पादनको सहयोगी भेडा पालन हराउँदै गएको छ। भेडाले अल्लो फैलाउन निर्दे मद्दत पुन्याउँछ । पहिलो त भेंडाको बड्यूँता उत्तम मल हो। दोस्रो भेडाको ऊनमा अल्झिए अल्लोको बीऊ निकै पर-परसम्म पुग्छ । उता अल्लो उत्पादकहरुले सामुदायिक वनबाट अल्लो ल्याउनेबेला आवश्यक कानूनी प्रक्रिया पूरा गरे पनि निकासीमा कहिलेकाही प्रशासनले झमेला दिने गरेको छ। जसका कारण अत्तो उत्पादकहरू केही निराश छन्। तर पछिल्लो समय देस-विदेसमा संखुवासभाको अल्लोको माग बढ्दै जाँदा उनीहरू उत्साहित पनि छन् ।