केही वर्ष अगाडिसम्म संखुवासभाको सदरमुकाम खाँदवारी पुने कसैले पाठ्‌माली सरुवाको बारेमा सुनेको छैन भने उसको संखुवासभा यात्रालाई नै अपुरो मानिन्थ्यो। लोहोरुङ राईहरूको बाहुल्य रहेको पाइमा सदरमुकाम खाँदचारीबाट नजिकै पर्छ । खाँदबारीमा हाट लाने दिन शनिबार सरत्वा बिक्री गर्न पाइमाली राई दिदी बहिनीहरूको खाँदबारीबाट अलि मास्तिरको बजार मानेभञ्ज्याङमा लाइन नै लाग्थ्यो। त सरुवा बेच्न खाँदबारीसम्मै जान्थे। खाँदबारीमा हाट भरेर फर्कनेहरू पाइ‌मा नजिकैको बजार मानेभञ्ज्याङ पुगेपछि सरुवाको चुस्कीमा रमाउँथे। ८. सरुवाको हल्का मातमा बाँकी बाटो कटाउने शुद्ध कोदोको जाँडबाट बनाइने सख्या विशेष प्रकारको मादक पेय पदार्थ हो। शुद्ध कोदोलाई धोएपछि त्यसलाई उसिनिन्छ। त्यसरी उसिनिएको कोदोलाई फिजाएर मनतातो हुन दिएपछि मर्चा मोलेर ध्याम्मोमा हालिन्छ । करिब तीन महिनासम्म राखेर छिप्पिए‌को जाँडचाट मात्र सरुवा बनाइन्छ। जोड सरुवा बनाउन उपयुक्त छ/छैन, कतिको मीठो छ, जाँच गरेपछि सरुवा बनाइन्छ । आँड मीठो छैन भने त्यसको सरुवा बनाईदैन । मरुवा बनाउन जाँड राख्नेजस्तै अर्को घ्याम्पो बाहिन्छ। तर त्यस घ्याम्पोको भने पौधमा प्वाल हुनुपर्छ। पौधमा प्वाल भएको घ्याम्पोलाई ओदान वा काठबाट ओदानजस्तै बनाइएको स्थानमा राखिन्छ। जसको तल सरुवा थाप्न अर्को भीडो (उहिले-उहिले माटोको भाँडा ‘मटिया’ नै राख्ने गरिए पनि आजकल उपलब्ध जुनसुकै भाँडो) राखिन्छ । सरुवा निकाल्नुअघि घ्याम्पोको पौधमा बनाइएको प्वाल बाहिरपट्टिबाट अस्थायी रूपमा टालिन्छ। प्वालको भित्री भागमा भने जाँड छानिंदा कोदोको एउटा दाना पनि नआओस् भनेर पिरौलाको सफा जालो राखिन्छ। घ्याम्पोमा करिब दुई भाग जाँड र एक भाग पानी राखेपछि त्यसलाई करिव तीन पन्टा त्यत्तिकै राखिन्छ । जाँड मजाले भिजेपछि भने घ्याम्पोको पौधमा रहेको प्वाल खोलिन्छ। र सरुवा घ्याम्पोको तल राखिएको भाँडामा चुहिन्छ ।

सरुवा नपिर्रियोस् भनेर चिसो स्थानमा राखिन्छ। कौसको बटुकोको बिर्को लगाइएको मटियामा राख्दा सरुवा निकैबेरसम्म पिरिँदैन । पहिले-पहिले सरुवा काठको पुड् वा वियरको बोत्तल (सरे बोत्तल) मा राखिन्थ्यो। यस्तै सरुवा सारेर दिइँदा काँसको बटुकोमा दिइन्थ्यो । पातलो जुघा डुबाउँदै बटुकोको सरुवा मुट्‌क्याउँदा जुन आनन्द आउँछ, त्यस्तो आनन्द ग्लासमा राखेर पिउँदा आउँदैन । यद्यपि आजकल कोक, पेप्सी वा अन्य जुसका प्लाष्टिकको बोत्तलले बढी स्थान पाएको छ। स्टील र प्लाष्टिकका कपले कौसे बटुकोलाई विस्थापित गरिदिएको छ। तर त्यसरी प्लाष्टिकको बोत्तलमा राखिएका सरुवाको स्वाद भने छिट्टै बिग्रने गरेको पाइन्छ । त्यसो त अहिले सरुवा बनाउने चलन नै ओझेलमा पर्न थालिसकेको छ । घरेलु मदिराको बिक्रीमा सरकारको असहिष्णु नीति र मदिरा उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीहरूका उत्पादनको सहज ढुवानीका कारण वियर, ह्वीस्की (चेप्टे) हरूको बिगबिगी छ। तर एकपटक सरुवाको स्वाद लिएकाले भने सरुवाको भिन्नै स्वाद भुल्न सक्दै नन्। त्यसैले त पाइ‌माली सरुवाले संखुवासभामा विशेष स्थान लिएको छ । पछिल्लो समयमा राजधानीमा आएका पाइ‌माली दिदी-बहिनीहरूले राजधानीमा पनि बेला मौकामा सरुवा बनाउने गरेका छन्। सरुवा लामो समयसम्म भने राख्न मिल्दैन। तर स्वाद र शुद्ध कच्चा पदार्थका कारण सरुवाको व्यवसायिकताको सम्भावना देखिन्छ । यसलाई लामो समयसम्म जोगाउन प्रिजर्भेटिभको प्रयोग तथा सरकारी अनुमतिको पहल गरिनुपर्छ । ऐसेलुबाट बनाइएकी र अन्तर्राष्ट्रिय बजारसम्म पुगेको हिन्वा बदन संखुवासभाकै उत्पादन हो। जो सस्थाको पनि व्यवसायिक उत्पादनको मार्गदर्शक बन्न सक्छ।