विश्वकै गहिरो उपत्यका (८,००९ मिटरा गहिरो) हरूण उपत्यकाको फोटिलो मैदान हो, तुम्लिङटार । रातो चिम्टाइलो माटो छेको तुम्लिङटारमा मुख्य बासिन्दा कुम्हालेहरू हुन्। जसको पुख्र्यौली पेशा माटोको भाँडा तयार पार्नु हो । हेर्दा रातो र चिम्टाइलो देखिए पनि केही स्थानमा रहेको मट्टीखानका माटोहरू मात्र भौडा बनाउन उपयुक्त हुन्छ । लेसाइलो भएपनि मड्डीखानका माटो पानी नछिर्ने कसिलो हुन्छ। मट्टीखानबाट ल्याइएका माटोलाई सुकाएपछि पुलो बनाइन्छ । धुलो माटोमा भएका स-साना ढुंगा र बालुवा हटाउन चाल्नुपर्छ । चालेको माटोलाई फेरि भिजाएर मुछेपछि त्यहाँ थोरै हरुणको मसिरो बालुवा मिसाइन्छ र पुनः मोलेर डल्लो बनाइन्छ। अब भने माटो भाँडा बनाउन तयार हुन्छ।
तुम्लिङटारको एउटा अलग्गै विशेषता के हो भने अन्यत्र माटोको भाँडा बनाउने चक सिमेन्टको हुन्छ। जुन आकारमा केही सानो पनि हुन्छ । तर संखुवासभामा जौड राख्ने ध्याम्पो रक्सी पार्ने झाँझरको माग उच्ब हुने भएकाले कुम्हालेको चक्र आकारमा ठूलो र माटोकै हुन्छ। चक्रमा राखेर आवश्यकता अनुसारको भाँडा तयार पारिएपछि त्यसलाई सुकाउने र भट्टीमा राखेर पोल्नेलगायतका काम हुन्छ । र बत्त भौडा तयार हुन्छ। त्यसरी तयार पारिएको भाँडा खाँदबारीमा लाग्ने शनिबारे हाटमा पुयाइन्छ। संखुवासभाकै चैनपुर, भोजपुरको दिक्ता पनि माटोको भाँडा बेचिने बजार हुन् ।
माटोको गुणस्तरीय भौडा बनाउन मट्टीखानको विशेष प्रकारको माटो नै चाहिन्छ। तर आजकल मट्टीखानबाट माटो निकाल्न पाउँदै न । अधिकांश मट्टीखान कि त सामुदायिक वनको क्षेत्रमा छ कि त कुनै व्यक्ति विशेषको जग्गामा । माटो निकालिएको स्थानमा पहिरो जाने र जमीन बिग्रने भन्दै माटो निकाल्न दिदै न। यता कसैको जग्गामा रहेछ भने त भन् मारो लिने कुनै अवस्था नै हुँदैन । अहिले एकाप स्थानबाट मात्र माटो निकालिँदै आएको छ। यता सिलाबर र स्टीलका हत्तुका भाँडाहरूले स्थान लिँदै आएपछि माटोको भाँडाको बजार पनि खुम्चिएको छ । यद्यपि माटोको भाँडोमा खाद्यान्न पकाउँदा वा भण्डारण गरेर राखिंदा पाइने सन्तुष्टि र स्वाद धातुका भौडाबाट पाउँदै न । अहिले तुम्लिङटारमा चार/पाँच जनाते मात्र पुख्र्यौली पेशा धानिरहेका छन्। कुम्हालेको पेशा लोप हुन नदिन केही उपाय भने अपनाउनु आवश्यक छ। र, माटोको भाँडाको विशेषताको प्रचारसहित केही व्यवसायिक पहल पनि गरिनु जस्सी देखिएको छ।