समग्र नेपालमा पाल्पा करुवाको लागि प्रख्यातः थलो हो । हामीले सुन्दै र पढ्दै आएको पनि यही हो । तर पूर्वी नेपालमा भने संखुवासभाको चैनपुरमा बनाइने करुवाको माग उच्च छ । चैनपुरे करुवाको खास विशेषता छ । जसका कारण चैनपुरे करुवाको माग अहिले पनि उच्च छ । एक किलो तौल भएको चैनपुरे करुवाको मूल्य बजारमा तीन हजार रूपैयाँसम्म पर्छ तर पनि माग धान्न सकिएको छैन । अहिले बजारमा पाइने अधिकांश करुवा गुणस्तरहिन छन् । करुवा बनाउन तीन भाग तामा र एक भाग राङ ‘टिन’ मिसाउनुपर्छ । चिउराको भुस र माटोलाई लस आउनेगरी मिहिन पारेर कुटेपछि धातु पगाल्ने भाँडो तयार पारिन्छ । धातुलाई त्यो – भाँडोमा राखेर सालको काठको गोलमा निरन्तर पकाएपछि त्यो तरल बन्छ । जसलाई फर्मामा – राखेर आफूले चाहेअनुसारको करुवा बनाइन्छ ।

त्यसो त करुवा बनाउनका लागि फर्मा बनाउनै बढी मेहनत गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले आफूले बनाउन चाहेजस्तै आकार र बुट्टा भएको मैनको करुवा बनाइन्छ । त्यसरी तयार पारिएको करुवाको मैनलाई कडा बनाउन गोबर-माटोको घोलमा तीन पटकसम्म डुबाउने र सुकाउने गरिन्छ । जसले मै नको करुवालाई कडा बनाउँछ । त्यो मैनको करुवाको भित्र तथा बाहिर मसिनो भुस र माटोको लेप लगाइन्छ । त्यसमा पुनः खम्म्रो भुस र माटोको लेप लगाइन्छ । त्यसको तल भने मसिनो प्वाल पारेर त्रि-खुट्टीजस्तो बनाएर लगाइन्छ । त्यसपछि त्यसलाई आगोमा तताइन्छ । यसरी आगोमा तताउँदा मैन जति पग्लेर खुट्टी राख्ने ठाउँ बनाइएको प्वालबाट बाहिर निस्कन्छ अनि फर्मा तयार हुन्छ ।

भट्टीमै राखेर त्यो फर्मामा धातुको तातो तरल पदार्थ राखेर आकार दिएपछि फर्माअनुसारको टुक्रा-टुक्रामा रहेको करुवालाई जोडेर पूर्ण आकार दिइन्छ । त्यसरी जोड्दा पुनः रसायनको रूपमा राङकै प्रयोग हुन्छ । अहिले बजारमा राडको मूल्य किलोको करिब तीन हजार छ भने तामाको आठ सय रूपैयाँ जति पर्छ । एउटा करुवा तयार पार्न कम्तीमा तीन साता लाग्छ । त्यसैले पनि करुवाको मूल्य उच्च छ । तर हिजो आज शुद्ध धातुको करुवा बनाउने चलन कम हुँदै गएको छ । अर्कोतिर करुवा बनाउने काम झन्झटिलो भएकाले करुवा शिल्पीको संख्या पनि घट्दो छ । पुरानो करुवा तथा काँसका पत्रुहरू पगालेर धातुलाई नरम बनाउन ‘तम्पी’ मिलाउने चलन बढ्‌दै गएकाले गुणस्तरीय करुवा उत्पादन कम हुन थालेको छ। शुद्ध धातुको करुवामा खिया लाग्दैन । आवाजबाटै चिनिन्छ, असल धातुबाट बनेको करुवा । केही चैनपुरे शाक्यहरूले अझै पनि पुख्र्यौली पेशा छाडेका छैनन् । र, उनीहरूले शुद्धतामा शंका गर्ने ठाउँ पनि दिएका छैनन् । त्यसैले अहिले पनि चै मैनको नपुरे करुवाको माग देस-विदेसमा उच्च छ । अभाव छ, त केवल यो परम्परागत पेशालाई जोगाइराख्ने केही जाँगरिला मन र हातहरू । अनि करुवा बनाउन आवश्यक पर्ने धातुबाहेकका अन्य कच्चा पदार्थहरू ।