सङ्खुवासभाको मिल्के र गुफा पोखरी भेक गुराँसको लागि अत्यन्तै नामुद छ र यहाँ विभिन्न रङ्गका थरी थरीका गुराँस पाइन्छन् । यो वनस्पति लेकाली भेकमा फस्टाउँछ। उत्तिस अक्सर भिरालो र चिस्यान ठाउँमा फस्टाउँछ र यो सदाबहार वनस्पति हो। मिथक अनुसार गुराँस एउटा नवजवान युवक हो र उत्तिस एउटी नवयौवना सुन्दरी युवती । गुफा पोखरीको वनबाट गुराँसले बाघाको पखेरोमा चिटिक्क परेकी उत्तिसलाई देखेर उसको सौन्दर्यमा भुतुक्कै भएछ । मानिछ भने एसैपालीको हिउँदमा यही केटीसँग बिहे गर्नु पर्ला भन्ने ठानी गुराँस बाघातिर ओरालो झरेछ। उत्तिसलाई भेटेर डराउँदै डराउँदै गुराँसले भनेछ नानी, तिमी साहै राम्री रहिछल्यौ। तिम्रो सौन्दर्यले म मोहित भएँ। तिम्रो रूप रङ्ग, चाल चलन सबै कुरा राम्रो लाग्यो। अहिलेसम्म मेरो बिहे भएको छैन। हाम्रो दौँतरी पनि मिल्छ । तिम्रो अन्यत्र कतै कुरो चलेको छैन भने र तिमी मन्जुर छ्यौ भने म तिम्रा बाबाआमासँग तिमीलाई माग्न आउँछु । तिम्रो के विचार छ ?

हिउँदको बेलामा हिउँ र तुसारोले खाएर जिरिङ्ग परेको गुराँसको बोटको बनावट पनि अष्टावक्र जस्तै बाङ्गो र टिङगाे अनि अनुहार पनि असी वर्षे बूढो जस्तै चाउरी परेको देखेपछि त्यति राम्री उत्तिसले त्यसलाई मन पराउने कुरै भएन । उसले तिरस्कार गरेर मजाक उडाउँदै भनिछ ए बूढा बा, तिमीले मर्ने बेलामा हरियो काँक्रो भन्ने उखान सुनेका छैनौ कि क्या हो ? एकपल्ट ऐनामा आफ्नो अनुहार हेरेर अनि आफ्‌नो औकात पनि विचार गरेर मात्रै मसँग कुरा गरेको भए राम्रो हुने थियो। हि. हि. हि. हि….. हि।

आफूले त्यत्रो मन पराएकी केटीले आफूलाई त्यसरी हेलाहोचो गरेर बोलेको सुन्दा गुराँसको साथै चित्त दुख्यो। उसलाई त्यो ठाउँमा एक छिन पनि बस्न मन लागेन। ऊ ठाडै खुट्टा आफ्‌नो वासस्थान गुफा पोखरी र तीनजुरेतिरै फरक्क फर्कियो । केटीहरू प्रति नै उसलाई साह्रै विरक्त लागेर आयो। क्रमशः गुराँस फुल्ने T याम सुरु भयो। ढकमक्क फूल फुलेपछि गुराँसका बोटको शोभा ज्यादै मनमोहक भयो र पूरै गुफा पोखरी र तीन जुरेको पूरै पहाड झकिझकाउ भयो। अलिक तल बाघाको पखेराबाट उत्तिसले पनि त्यो सब देखिरहेकी विर्थ तर त्यस्तो सुन्दर केटो त्यही गुराँस हो भन्ने थाहा थिएन। पक्कै पनि मेरो सपनाको राजकुमार यही हो, अब यसैसँग बिहेको प्रस्ताव राख्छु भन्ने ठानी दौडेर गुफा पोखरीतिर लागी। नजिकै गाएर हेर्दा त त्यो उसको सपनाको राजकुमार त उही उसले पहिले हेला गरेको गुराँस पो रहेछ। आफूले पहिले गरेको दुर्व्यवहार सम्झिएर उसलाई बडो पश्चात्ताप भयो । अब एक पटक माफ मागेर त्यसपछि बिहेको प्रस्ताव राख्ने विचारले आते गुराँसलाई हेरेर मुसुक्क हाँसी तर गुराँसले उसलाई एक पटक ओठ लेप्यायो र परक्क मुन्टो बटारेर फर्कियो, उसँग बोल्न पनि चाहेन । यो देखेपछि उत्तिसलाई साहै चित्त दुख्यो । अर्कोतिर फ आफ्नो राजकुमारसँग यो जीवनमा कहिल्यै पनि मिलन नहुने देखेपछि उसलाई जीवनदेखि नै वैराग लाग्यो र एक भविष्यमा ऊ नजिकैको मारको पहिरोमा व्याहै फाल हाली। ऊ मर्न त मरिन तर त्यसपछि सधैँ त्यस्तै भीर पहिरोमा मात्रै बस्न थाली ।